Social
भैरहवाबाट १५७ यात्रुको सफल हवाई उद्धार
Bhairahawa Online

भैरहवा — अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूको हवाई उद्धार भएको छ। नेपाल वायुसेवा निगमले सोमबार सञ्चालन गरेको विशेष उद्धार उडानमा १५७ जना यात्रुहरूलाई सुरक्षित रूपमा काठमाडौं पुर्याइएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतको अनुसार निगमको एयरबस ए ३२० विमानले दिउँसो ३:४३ बजे भैरहवा अवतरण गरेको थियो। विमानले साँझ ५:४० बजे १५७ जना यात्रु बोकेर काठमाडौं फर्किएको हो।
उद्धार उडानमा अशक्त, वृद्ध, बिरामी र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको थियो। बाढी र खराब मौसमका कारण भैरहवामा अवरुद्ध भएका सयौं यात्रुहरू मध्ये यी १५७ जनाको सफल उद्धार भएको हो।