Bhairahawa Online Logo
News

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, तर तुरुन्त जरिवाना हुने छैन

Share:
Bhairahawa Online
असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, तर तुरुन्त जरिवाना हुने छैन

काठमाडौँ — यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया लागू हुने स्पष्ट पारेको छ। तर नम्बर प्लेट नलगाएको भन्दै तत्काल कारबाही वा जरिवाना नहुने विभागले मंगलबार सार्वजनिक विज्ञप्ति जारी गर्दै जनाएको छ।

विभागले चालक तथा सवारीधनीलाई आफ्नो सुविधाजनक समयमा सम्बन्धित यातायात कार्यालय पुगेर स्वेच्छापूर्वक नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ। यसलाई डिजिटलाइजेसन, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रण, राजस्व छली रोकथाम र विपद् व्यवस्थापनमा सहयोग पुग्ने भन्दै विभागले विशेष महत्व दिएको छ।

सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा गठित समितिको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसअघि विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरणका प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने जनाएको थियो।

साथै, विभागले सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचनाबारे सचेत रहन आग्रह गर्दै, नम्बर प्लेटको गुणस्तर तोकिएको मापदण्डअनुसार रहेको र त्यससँग सम्बन्धित तथ्याङ्क नेपालमै सुरक्षित रहने पनि स्पष्ट गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News