Bhairahawa Online Logo
News

अध्यक्ष दाहाल रुपन्देही आउँदै, टङ्कमणिको सालिक अनावरण र पुस्तक विमोचन

Share:
Bhairahawa Online
अध्यक्ष दाहाल रुपन्देही आउँदै, टङ्कमणिको सालिक अनावरण र पुस्तक विमोचन

रुपन्देही — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ १५ गते रुपन्देही पुग्ने भएका छन्।

माओवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आइतबार बिहान शहीद स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा स्व. रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण र ‘टङ्कमणि : एक क्रान्तिविज’ पुस्तक विमोचन गर्ने कार्यक्रम छ।

माओवादी सशस्त्र संघर्षको सुरुवातदेखि भूमिगत भएर सक्रिय रहँदै २०७८ सालमा सडक दुर्घटनामा ज्यान गुमाएका बन्जाडे रुपन्देहीका इन्चार्ज र केन्द्रीय सदस्य समेत थिए। पार्टीले उनको योगदानको स्मरणस्वरूप सालिक निर्माण र पुस्तक प्रकाशन गरेको हो।

अध्यक्ष बरालका अनुसार प्रचण्ड दिनभर रुपन्देहीमै रहनेछन् र सालिक अनावरणपछि प्रदेश कमिटी बैठकमा समेत सहभागी हुनेछन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News