News
बिहानैदेखि संसद् भवन अगाडि युवाहरूको भेला
Bhairahawa Online

काठमाडौँ – नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार बिहानैदेखि युवाहरू स्वतःस्फूर्त रूपमा भेला हुन थालेका छन्। उनीहरूले कुनै ब्यानर वा नाराबाजी बिना शान्तिपूर्ण रूपमा उपस्थिति जनाएका छन्।
एक सहभागी युवाले भने, “हिजोको घटनाले सरकारले कमजोरी देखाएको छ, त्यसैले हामी युवाको पक्षमा यहाँ आएका हौं।”
सोमबारको जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो। प्रदर्शनलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति अपनाएको भन्दै सत्ता–विपक्ष दुवैबाट आलोचना भइरहेको छ।
