Bhairahawa Online Logo
Social

काठमाडौंमा बाढीबाट प्रभावित ३९३ जनालाई उद्धार

Share:
Bhairahawa Online
काठमाडौंमा बाढीबाट प्रभावित ३९३ जनालाई उद्धार

काठमाडौं — काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ। अविरल वर्षापछि आएको बाढीले खोला किनारका बस्तीहरूमा बसोबास गर्ने यी बासिन्दाहरूलाई उद्धार गरिएको हो।

महानगर प्रमुख बालेन्द्र शाहको अनुसार उद्धार गरिएका बासिन्दाहरूलाई चारवटा विद्यालयमा अस्थायी आश्रय दिइएको छ। विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई बसाइएको छ।

महानगरपालिकाले शहरभित्रका ७० वटा विद्यालयहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा तत्काल प्रयोग गर्न सकिने जनाएको छ। उद्धार गरिएका बासिन्दाहरूका लागि खानेपानी र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।

कुनै आपतकालीन अवस्थामा १६६००१०५५११, ०१५९०१७६४ र ०१५९०१७६३ नम्बरमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News