Bhairahawa Online Logo
Social

लुम्बिनी–कर्णाली–बागमती डुबाउने वर्षाको चेतावनी

Share:
Bhairahawa Online
लुम्बिनी–कर्णाली–बागमती डुबाउने वर्षाको चेतावनी

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई क्षेत्र, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाको बिहान जारी बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू-भागहरू र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशहरूका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

रातिको समयमा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीले गर्दा असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने देखिन्छ।

महाशाखाले १७ जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यातायात, कृषि र बाढी-पहिरोको जोखिम रहेका क्षेत्रहरूमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News