Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच द्विपक्षीय सम्बन्धबारे वार्ता

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच द्विपक्षीय सम्बन्धबारे वार्ता

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। चीनको तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका क्रममा दुई नेताबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

भेटमा नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन विविध आयाममा छलफल भएको थियो। आपसी विश्वासका आधारमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानलाई निरन्तरता दिने र दुवै देशबीच आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि तथा लगानीलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा कुराकानी भएको बताइएको छ।

नेपाली पक्षका अनुसार भेटवार्ताले नेपाल–रुसबीचको पारम्परिक मैत्रीपूर्ण सम्बन्धलाई नयाँ ऊर्जा दिने र आगामी दिनमा सहयोगका नयाँ अवसरहरू पहिचान गर्ने मार्ग खुला गर्ने विश्वास लिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News