Bhairahawa Online Logo
News

दाङमा कार ठक्करबाट वृद्धको मृत्यु

Share:
Bhairahawa Online
दाङमा कार ठक्करबाट वृद्धको मृत्यु

दाङ — लमही नगरपालिका–२ बदुवा गाउँमा आइतबार दिउँसो कारको ठक्करबाट एक वृद्ध पैदलयात्रीको ज्यान गएको छ।

लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारले ठक्कर दिँदा ७० वर्षीय भगवानदिन चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पुर्याइए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News