Bhairahawa Online Logo
News

नेपाल–भारत सीमा विवादमा चीन तटस्थ : राष्ट्रपति सी

Share:
Bhairahawa Online
नेपाल–भारत सीमा विवादमा चीन तटस्थ : राष्ट्रपति सी

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र भारतबीचको सीमा विवादमा चीन हस्तक्षेप गर्न नचाहने बताएका छन्। उनका अनुसार यो विषय दुई देशले आपसी छलफलमार्फत समाधान गर्नुपर्ने हो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे जानकारी दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बताए अनुसार प्रधानमन्त्री ओलीले हालै भारत–चीनबीच लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीबारे आफ्नो आपत्ति प्रष्ट पारेका थिए। प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभागमा पर्ने भएकाले यसबारे नेपाल सरकार गम्भीर रहेको चिनियाँ राष्ट्रपति सीलाई बताएका थिए।

जवाफमा राष्ट्रपति सीले लिपुलेक परम्परागत नाका भएको उल्लेख गर्दै चीन यस विषयमा कसैको पक्षधर नहुने बताए। उनले नेपालले आफ्नो दाबीमा कुनै कमी हुन नदिने आश्वासनसमेत दिएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News