Bhairahawa Online Logo
Social

नवरात्रको अन्तिम दिन : आज सिद्धिदात्री देवीको पूजा

Share:
Bhairahawa Online
नवरात्रको अन्तिम दिन : आज सिद्धिदात्री देवीको पूजा

काठमाडौं — दसैंको नवौं दिन आज आश्विन शुक्ल नवमीका अवसरमा नवदुर्गाको अन्तिम देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। वैदिक सनातन परम्परा अनुसार यस दिन सिद्धिदात्री देवीको विशेष पूजा गरिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार सिद्धिदात्री देवीले मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्छिन् र सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित छिन्। यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। देवीको विधिपूर्वक पूजा गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

घटस्थापनाको दिनदेखि सुरु भएको नवरात्रको आज अन्तिम दिनमा पुगिएको छ। आज सिद्धिदात्री देवीको पूजा पश्चात् आश्विन शुक्ल दशमीका दिन विजयादशमीको टीका र प्रसाद ग्रहण गरिनेछ। विजयादशमीमा बिहान ११ः५३ को साइत उत्तम रहेको जनाइएको छ।

देशभरका शक्तिपीठहरूमा आज भक्तजनको घुइचो लागेको छ। दुर्गा सप्तशती र देवी स्तोत्र पाठका साथै विधिपूर्वक पूजा आराधना गरिँदैछ। धार्मिक मान्यता अनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मानिन्छ।

नवरात्रको अन्तिम दिन : आज सिद्धिदात्री देवीको पूजा

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News