Bhairahawa Online Logo
News

महोत्तरी कारागार प्रशासनको अल्टिमेटम — फरार कैदीलाई २४ घण्टाभित्र फर्किन आग्रह

Share:
Bhairahawa Online
महोत्तरी कारागार प्रशासनको अल्टिमेटम — फरार कैदीलाई २४ घण्टाभित्र फर्किन आग्रह

महोत्तरी — महोत्तरी कारागार प्रशासनले हालै कारागारबाट फरार भएका कैदीबन्दीलाई २४ घण्टाभित्र स्वेच्छाले कारागारमा फर्किन अपिल गरेको छ। जलेश्वरस्थित कारागार कार्यालयका निमित्त प्रशासक रविनचन्द्र ठाकुरका अनुसार तोकिएको समयमै फर्किनेहरूलाई सामान्य प्रक्रियाअनुसार राखिनेछ भने नफर्किनेहरूलाई कानुनअनुसार थप सजाय हुने चेतावनी दिइएको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मंगलबार साँझ भएको घटनामा करिब ५०० भन्दा बढी प्रदर्शनकारी भित्र पसेर कैदीहरूसँग हातेमालो गरेको र कैदीहरूले भान्सामा प्रयोग हुने दाउराले पर्खाल भत्काएर भागेको जानकारी दिएका छन्।

जलेश्वर कारागारमा रहेका ५७७ मध्ये ५७६ जना कैदी फरार भएको र बाँकी १ जनालाई जिल्ला प्रशासन कार्यालयमा राखिएको प्रशासनले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News