Bhairahawa Online Logo
News

आज देशभर आंशिक बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना

Share:
Bhairahawa Online
आज देशभर आंशिक बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना

भैरहवा – मनसुन सक्रिय रहेकाले आज देशभर मौसम सामान्यतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो पहाडी क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ। तराईका केही भागमा पनि वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा समेत हुनसक्ने विभागको पूर्वानुमान छ।

विभागले नदी, खोला र पहिरोको जोखिम उच्च हुने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News