Bhairahawa Online Logo
Politics

देउवा सचिवालय : ‘अत्यधिक पैसा भेटियो’ भन्ने प्रचार कपोकल्पित

Share:
Bhairahawa Online
देउवा सचिवालय : ‘अत्यधिक पैसा भेटियो’ भन्ने प्रचार कपोकल्पित
pic : Wikimedia Commons

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले हालैको घटनाबारे तीव्र आपत्ति जनाएको छ। सचिवालयले आगजनी र आक्रमणलाई आपराधिक कार्य ठहर गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले विभिन्न समूहहरूले दलको कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गरेर आतङ्क सिर्जना गरेका छन्। भदौ २४ गते कांग्रेस सभापतिको निवासमा समेत डकैती शैलीमा प्रवेश गरी सभापति देउवा, उनकी पत्नी डा. आरजु राणा देउवासहित परिवारमाथि सांघातिक आक्रमण भएको छ।”

साथै, सचिवालयले देउवाको निवासमा अत्यधिक नगद भेटियो भन्ने समाचारलाई असत्य र भ्रामक ठहर गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका “जलेका नोट भेटियो, पैसाको सुरूङ्ग छ” भन्ने प्रचारलाई कपोकल्पित र बदनाम गर्ने नियतले गरिएको दाबी गरिएको छ।

सचिवालयका अनुसार विवादित दृश्यहरू विभिन्न समय र स्थानका फुटेज जोडेर सम्पादित गरी युट्युब तथा सामाजिक सञ्जालमा फैलाइएको पाइएको छ। त्यस्ता दृश्यको कुनै पनि सत्यता नभएको स्पष्ट पार्दै सचिवालयले जनमानस भ्रमित नपार्न आग्रह गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News