Politics
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
Bhairahawa Online

काठमाडौं – अन्तरिम सरकार प्रमुख सुशीला कार्की र नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले नेपाललाई अमेरिकाले गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।
सो अवसरमा राजदूत थम्प्सनले नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेपालको विकास र समृद्धिको यात्रामा अमेरिकाले निरन्तर साथ दिने आश्वासन दिएका थिए।
यसअघि प्रधानमन्त्री कार्कीले चीनका राजदूत चेन सङसँग पनि भेटवार्ता गरेकी थिइन्।